२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणी : भारतको विचारधारा हिटलरको जस्तै


0
Shares

इस्लामावाद, साउन २६ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचारधारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीट गर्दै भनेका छन्, ‘भारत प्रशासित कश्मीरमा भइरहेको कर्फ्यू, कारबाही र जनसंहारको अवस्था नाजी विचारधाराबाट प्रभावित आरएसएस विचारधारामा आधारित छ । यो जातीय संहार गरेर कश्मीरको जनसंख्या बदल्ने प्रयास हो । प्रश्न उठ्छ, हिटलरले म्युनिखमा गरेको जस्तो कामलाई के विश्वले हेरिरहन्छ ?’  

एक अर्को ट्वीटमा उनले लेखेका छन्, ‘ म आरएसएसको हिन्दु श्रेष्ठताको विचारधाराबाट डराएको छु… यसलाई भारत प्रशासित कश्मीरमा रोक्नुपर्छ अन्यथा भारतमा मुसलमानहरूमाथि दमन हुन्छ र अन्ततः पकिस्तान निशानामा पर्छ । हिन्दू श्रेष्ठता हिटलर शासनको नै संस्करण हो ।’’

भारत सरकारले भारत प्रशासित कश्मीरमाथिको विशेषाधिकार अन्त्य गर्दै केन्द्र शासित दुईवटा प्रदेशमा विभाजन गरेपछि पाकिस्तान रुष्ट भएको हो । लगत्तै पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्दै कुटनीतिक सम्बन्धलाई पनि सीमित तुल्याएको छ । (एजेन्सी)