तेहरान, मंसिर १८ । इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् । राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको बताए । राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने…