अंकारा, भदौ ११ । टर्कीले गैरकानूनीरूपमा इस्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजारभन्दा बढी आप्रवासीलाई स्वदेश फिर्ता गर्ने जनाएको छ । सुरक्षाकर्मीले पक्राउ गरेका आप्रवासीमध्ये चार हजार पाँच सयजना सिरियाली नागरिक रहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ ।…