काठमाडौं । उत्तरपश्चिम नाइजेरियाको कटासिनामा बन्दुकधारीको आक्रमणमा ४७ जना मारिएका छन् । हतियारधारी लुटेराहरुको समूहले ग्रामीण क्षेत्रमा लुटपाट मच्चाउने क्रममा सर्वसाधारणको हत्या गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गत वर्ष पनि उत्तर पश्चिम नाइजेरियामा बन्दुकधारी लुटेराहरुको आक्रमणका कारण सयौं सर्वसाधारणको हत्या भएको थियो । हतियारधारी समूहहरुका कारण सबैभन्दा बढी…