Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


सीमा विवाद समाधानका लागि भारत र चीनबीच पुन: सैन्य वार्ता हुने

काठमाडौं । भारत र चीनबीच पुन सैन्य वार्ता हुने भएको छ । यही नोभेम्बर ६ तारिखमा हुने सैन्य वार्तामा दुवै देशबीच सीमा विवाद समाधानका लागि छलफल हुने बताइएको छ । लद्दाखमा सीमा स्वामित्वको विषयलाई लिएर केही समयअघि दुवै देशका सुरक्षाकर्मीबीच झडप भएसँगै बल्झिएको विवाद समाधानका लागि दुवै देशका अधिकारीहरुबीच पटक पटक छलफ हुँदै आएको छ…