काठमाडौं । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि क्यान्सरबाट पीडित भासिनको शनिबार निधन भएको हो । भासिन दक्षिण एसियामा आफ्ना नारा, गीत र बेजोड तर्कका साथ नारीवादी आन्दोलनलाई उचाइमा पु¥याउने व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो । ग्रामीण महिलादेखि महानगरीय संस्कृतिमा हुर्के बढेका महिलाहरूलाई एकसूत्रमा…