गरिब मुलुकहरुलाई कोरोना खोप दिन धनी मुलुकहरुलाई ईन्डाेनेसियाको आह्वान « Image Khabar


गरिब मुलुकहरुलाई कोरोना खोप दिन धनी मुलुकहरुलाई ईन्डाेनेसियाको आह्वान


१२ कार्तिक २०७८, शुक्रबार ०७:४२


एजेन्सी । कोरोना भाईरसबाट नराम्रोसंग प्रभावित मुलुक मध्येको एक इण्डोनेसियाले गरीब मुलुकहरुलाई पनि खोप बाँड्न धनी मुलुकहरुलाई आह्वान गरेको छ ।

कोरोना विरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै ईन्डाेनेसियाका राष्ट्रपति जोको विदोदोले बीबीसीसँगको अन्तर्वार्तामा सीमित देशहरुले मात्रै सवै खोप पाउने र गरीब देशहरुले अलिकतिमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

विश्व जलवायु सम्मेलनमा सहभागी हुन बेलायत जानुअघि दिएकाे अन्तर्वार्तामा राष्ट्रपति विदोदोले यो संकटको बेला धनी मुलुकहरुले गरीब मुलुकहरुलाई सहयोग गरेर विश्व संकट समाधानमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

‘हाम्रा अस्पतालहरु अहिले पनि विरामीले खचाखच छन्, हामीले सक्दो प्रयास पनि गरेका छौं तर खोप विना यो संक्रमण पार लगाउन सकिदैन भन्ने पुष्टि भएको छ, अन्तर्वार्तामा राष्ट्रपति विदोदोले भनेका छन् । ईन्डाेनेसियामा अहिले पनि दैनिक ५० हजार कोरोना संक्रमित भईरहेका छन् भने १ लाख ५० बढीको ज्यान गईरहेको छ ।