२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ब्राजिलयन राष्ट्रपतिलाई मानवता विरोधी काम गरेको आरोप लगाउन मतदान


0
Shares

एजेन्सी । ब्राजिलका सिनेटरहरुले राष्ट्रपति जैर बोल्सोनारोलाई कोभिड महामारीको व्यवस्थापन गर्न नसकेर मानवताविरोधी काम गरेको आरोप लगाउन मतदान गरेका छन् ।

सिनेटको एक प्यानलले राष्ट्रपति बोल्सोनारोमाथि कोभिडको कारण ६० हजार व्यक्तिको मृत्यु भएकोमा जिम्मेदार ठह¥याउँदै मानवताविरुद्धको अपराधमा आरोप लगाउन मतदान गरेको हो ।

आरोपका निष्कर्षहरू राष्ट्रपतिलाई नियुक्त गर्ने मुख्य अभियोजकलाई पठाइने छ । राष्ट्रपतिले भने आफु कुनै पनि कुरामा दोषी नरहेको जिकिर गर्दै आउनु भएको छ । तर मुख्य अभियोजक अगस्टो अरास बोल्सोनारोको पक्षमा रहेकाले यो मतदानले आपराधिक आरोपहरू पुष्टि गर्ने कुनै सुनिश्चितता देखिँदैन ।

किनकि प्रतिवेदनका सिफारिसहरू अब जनरल अरासले मुल्याँकन गर्नु पर्ने छ । उहाँले राष्ट्रपतिको वचाउ गर्ने शंका गरिएको छ ।

ब्राजिलमा कोरोनाका कारण अमेरिकापछि सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । प्रतिवेदनका प्रमुख लेखक, सिनेटर रेनान काल्हेरोसले आरोप लगाउने प्यानलको सिफारिसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पेश गर्न आग्रह गर्नु भएको छ ।