Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या १ हजार १२६ पुग्याे, करिब ५ हजार बेपत्ता (सूचीसहित)


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएकाे बाढीमा परी हालसम्म १ हजार १ सय २६ वटा शव फेला परेकाे छ।

नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको हाे। प्रहरी केन्द्रीय कार्यालयका अनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष रहेका छन् । ४२७ वटा शरीरका आंशिक अङ्ग रहेका छन् । जसमध्ये प्रहरीले एक हजार ११३ वटा शवको जाँच मुचुल्का तयार पारेको हाे । ५५ वटा शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । पहिचान नभएका ९११ वटा विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

त्यसैगरी, बाढीमा परी ४ हजार ८ सय ९८ जना बेपत्ता रहेका हुन् । बेपत्ता हुनेमा स्वदेशीतर्फ २ हजार १२५ (१,४४५ पुरुष र ६८० महिला) र १ हजार ३५० जना फोनमार्फत सम्पर्कविहीन रहेका छन् । त्यस्तै, विदेशी नागरिकतर्फ ५८३ जना (२५१ पुरुष, ३३० महिला र २ अन्य) बेपत्ता सूचीमा रहेका हुन् । २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । ६५ जना सर्वसाधारण प्रभावित भएका हुन् ।

उद्धारतर्फ हालसम्म ६ हजार ५४१ जनाको उद्धार तथा उपचार गरिएको छ । जसमा ४ हजार ८६ पुरुष, १ हजार ९ सय २२ महिला, ९८० विदेशी र ५३३ खुलाउन बाँकी रहेका हुन् । सरकारले उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा ७ हजार ९ सय १२ जना नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएकाे जनाएकाे छ।