Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


आन्तरिक राजस्व विभागद्वारा रसुवा बाढी विपत्तिको शोकमा करदाता पुरस्कार स्थगित


0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले रसुवाकाे भाेटेकाेशी नदीमाआएको भीषण बाढीका कारण उत्पन्न विपत्ति र शोकलाई मध्यनजर गर्दै करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।

विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको १ गते र १६ गते नियमित रूपमा करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको थियो । तर, पछिल्लो प्राकृतिक विपद्का कारण यहि भदौ १६ गतेको कार्यक्रम भने स्थगित गरिएको विभागले जनाएको छ ।

विभागले स्थगित भएको १५ दिनसहित भदौ महिनाभरिको करदाता प्रोत्साहन पुरस्कारको विजेता आगामी असोज १ गते एकै पटक घोषणा गरिने निर्णय भएको हाे।