काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर अत्याउने खालमा अभिव्यक्ति नदिन पश्चिमा राष्ट्रहरुलाई आह्वान गर्नु भएको छ । एक पत्रकार सम्मेलनमा उहाँले आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको गुनासो गर्नु भयो । गत बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना आफ्नो छिमेकीमाथि आक्रमण गर्न सक्ने जिकिर गर्नु…