काठमाडौं । भारतको आसाम धौलाई विधानसभाको गंगा नगर गाउँमा एउटा बाख्राले अनौठो पाठोलाई जन्म दिएको छ । यही २७ डिसेम्बरमा बाख्रोले मान्छेको जस्तै अनुहार देखिने पाठो जन्माएको हो । विभिन्न भारतीय संचार माध्यमका अनुसार यो घटना २८ डिसेम्बरमा मात्रै बाहिर आएको हो । यस्तो पाठो जन्मेको खबर सुन्ने बित्तिकै त्यसलाई हेर्न मानिसहरुको भीड लागेको थियो…