काठमाडौं । चीनले रुस र युक्रेन युद्धलाई धेरै नभड्काउन पश्चिमा देशहरुलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धको आगोमा घ्यू थप्ने गतिविधि नगर्न आग्रह गर्नुभएको हो । चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या…