एजेन्सी । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गरेका छन् । शिक्षा, पर्यटन, युवा विकास र महिला मामिला मन्त्रीहरू साथै राज्य, आवास र शहरी विकास मन्त्रीलाई बर्खास्त गरिएको राष्ट्रपतिका वरिष्ठ प्रवक्ता बायो ओनानुगाले मन्त्रिपरिषद् बैठकपछि बताए ।