काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा ३० घण्टासम्म चलेको होटल बन्धक प्रकरणको हिंसात्मक अन्त्य भएको छ। हायात होटलमा शुक्रबार बलजफ्ती प्रवेश गरेका आतंकवादीहरुले होटलका सम्पूर्ण पाहुनाहरुलाई बन्धक बनाएका थिए । प्रहरीको जवाफी कारबाहीपछि स्थिति हिंसात्मक बनेको थियो । प्रहरीले शनिबार राति बन्धक प्रकरण अन्त्य भएको घोषणा गरेको हाे । प्रहरीले यो दौरान कम्तिमा १२ जनाको मृत्यु…