काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समूहले अमेरिकी प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाउनुभएको छ । पेन्सिलभानियामा आयोजित एक कार्यक्रममा बोल्दै बाइडेनले मेक अमेरिका ग्रेट अगेन अर्थात मागा समूह अमेरिकालाई पछाडि धकेल्न र अमेरिकी प्रजातन्त्रलाई खतरामा पार्न प्रतिवद्ध रहेको बताउनुभएको हो । अहिले रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्प नेतृत्वको मागा शक्तिबाट नियन्त्रित तथा परिचालित…