एजेन्सी । श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने भएको छ । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार हुने मतदानमा विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीकी नेता अनुरा कुमारा दिसानायकेसँग प्रतिष्पर्धा गर्ने भएका छन् । मंगलबार बसेको संसदको संक्षिप्त बैठकले अन्तिम उम्मेद्वारको घोषणा गरेको हो । विक्रमासिंघेको नाम संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवद्र्धनेले…