काठमाडौं । रुस र युक्रेनबीच आज शुक्रबार युक्रेनी बन्दरगाहमा रोकिएको लाखौं टन खाद्यान्न निर्यातको बाटो खुला गर्ने सम्बन्धि सम्झौता हुँदैछ । संयुक्त राष्ट्रसंघले तयार पारेको सम्झौतमा शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा हस्ताक्षर हुन लागेको हो । युद्धरत् दुई पक्षबीच हुने सम्झौतामा सहभागी हुन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस पनि इस्तानबुल पुग्नुभएको छ । सम्झौताले कृष्णसागरस्थित बन्दरगाहमा रोकिएको…