एजेन्सी । ह्वाइट हाउसले अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङलाई कार्यालयमा बोलाएको छ । बिहीबार चीनका राजदूतलाई बोलाएर ह्वाइट हाउसले ताइवानविरुद्ध बेइजिङको बढ्दो कारबाहीको निन्दा गरेको वासिङ्टन पोस्टले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले त्यस क्षेत्रमा संकट नचाहेको बताए । ‘रातभर चीनको कारबाहीपछि, हामीले चीनका राजदूत किन ग्याङलाई…