एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ । कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लंघन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री सिनावात्रालाई पदबाट बर्खास्त गरेको हो । फैसला लागू हुनेबित्तिकै प्रधानमन्त्री सिनावात्राले आफ्नो करिब एक वर्षदेखि रहेको जिम्मेवारी गुमाएकी छन् । अदालतले प्रधानमन्त्री सिनावात्रा…