एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई एक सैन्य अदालतले थप सात वर्षको जेल सजाय सुनाएको छ । योसँगै सुकीको जेलमा बस्नुपर्ने अवधि ३३ वर्ष पुगेको छ । सन् २०२१ को फेब्रुअरीमा त्यहाँको सेनाले सुकीको सरकारलाई अपदस्थ गरेदेखि उनी घरमै नजरबन्दमा छिन् । संयुक्त राष्ट्र सुरक्षा परिषदले गत हप्ता उनलाई रिहा गर्न आह्वान गरेको…