जेरुसेलम । इजरायली सेनाले आइतबार सिरियाली सीमानजिकै दुई हतियारधारी व्यक्तिलाई गोली हानेको छ । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएको बताइएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार दुई व्यक्ति सिरियाबाट सीमा पार गरेर दक्षिणी गोलान हाइट्सको सुरक्षा बारमा पुग्दा उक्त घटना भएको हो। घटनास्थलमा पठाइएका सैनिकहरूले उनीहरूमाथि गोली प्रहार गरेको…