एजेन्सी । रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ । वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । वागनर समूह रूसकै निजी सैन्य संस्था हो । रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको…