काठमाडौं, असार १४ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायत एकजुट हुनुपर्ने बताएका छन् । युरोपियन युनियनबाट बेलायत बाहिरिने जनमत आएपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले आफ्नो राजीनामा घोषणा फिर्ता नहुने पनि बताए । जनमत संग्रहको निर्णयको समर्थन गर्दै क्यामरुनले आफ्ना उत्तराधिकारीले बेलायतलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे…