काठमाडौं, भदौ ११ । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा २२ जनाको हत्यामा संलग्न मुख्य आक्रमणकारी तमिम चौधरी प्रहरी कारबाहीमा मारिएका छन् । उक्त आक्रमणका ‘मास्टरमाइन्ड’ चौधरीसँगै अरु तीनजना शंकास्पद लडाकू पनि मारिएको त्यहाँको प्रहरीले जनाएको छ । चौधरी सन् २०१३ मा क्यानडाबाट बंगलादेश फर्किएका थिए । बंगलादेशकै इतिहासमा भयानक मानिएको उक्त क्याफे आक्रमणकाक्रममा आक्रमणकारीले १२…