काठमाडौं, असार ७ । अमेरिको माथिल्लो सदन ‘सीनेट’ले बन्दुक नियन्त्रणलाई कडाइ गर्ने योजना अस्वीकृत गरेको छ ।सीनेटले आतंकवादीको निगरानी सूचीमा रहेका व्यक्तिलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने योजना पनि अस्वीकृत गरेको छ ।फ्लोरिडा नाइटक्लबमा ४९ जना मारिने गरी भएको आक्रमणअघि नै सीनेटमा हतियारसँग सम्बन्धित चारओटा प्रस्ताव लगिएको थियो ।तर, डेमोक्रेटिक र रिपब्लिकन सीनेटरहरुले पार्टीको ‘लाइन’अनुसार मतदान…