वासिंटन, कात्तिक ५ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको अवस्थामा मात्र चुनाव परिणाम स्वीकार गर्ने बताएका छन् । राष्ट्रपतीय उम्मेदवारबीचको अन्तिम टेलिभिजन बहसमा निर्वाचन परिणाम स्वीकार गर्नेबारे मौनता साँधेकोमा आलोचना भइरहँदा उनले यस्तो स्पष्टोक्ति दिएका हुन् । ट्रम्पले भने, ‘नतिजा निष्पक्ष भएमा मात्र म स्वीकार गर्दछु, नतिजामाथि प्रश्न उठ्न सक्ने…