काठमाडौं । युगाण्डाले चीनमा सुकेको खुर्सानी ढुवानी शुरु गरेको छ । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले चीनमा देशको पहिलो सुकेको खुर्सानी ढुवानीको शुभारम्भ गरेका हुन् । दुई देशले कृषि उत्पादनलाई चिनियाँ बजारमा पहुँच पुर्याउने द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको एक वर्षपछि ढुवानी शुरु भएको हो । मुसेभेनीले पूर्वी जिल्ला कामुलीमा ११ टन खुर्सानी ढुवानीको शुभारम्भ गरे ।…