न्यूयोर्क, मंसिर ३ । जापानी प्रधानमन्त्री शिन्जो अबेले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा अचम्मकै आत्मविश्वास रहेको उल्लेख गरेका छन् । न्यूयोर्कस्थित ट्रम्प टावरमा पहिलो विदेशी नेताका रुपमा ट्रम्पलाई भेट्दै अबेले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न सक्ने विश्वास पनि आफूलाई भएको उल्लेख गरे । निकै सौहार्द्रपूर्ण वातावरणमा ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता भएको पनि अबेले बताए ।…