एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाइरहेकै बेला पुटिनको यो चेतावनी आएको हो । गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः खोस्ने तयारीमा रहेको रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा…