डोवरको दक्षिणी वन्दगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट प्रहरीले नियन्त्रणमा लिई उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ । उनलाई अनुसन्धानका लागि लन्डनस्थित प्रहरी हिरासतमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रतिआतंकवाद मामिला प्रमुख मार्क रोलेले घटनामा संलग्न अन्य व्यक्तिलाई प्रहरीले पिछा गरिरहेको बताएका छन् । उनलाई प्रतिआतंकवादी कानूनअनुसार पक्राउ गरिएको प्रहरीले…