Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


काबुलमा आत्मघाती विस्फोट, २९ जना मारिए

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । नयाँवर्षका अवसरमा आयोजना गरिने ‘नौरुज’ भनिने कार्यक्रममा एक अज्ञात व्यक्ति प्रवेश गरी आत्मघाती विस्फोट गराएको बताइएको छ । समारोहमा धेरैजसो अल्पसंख्यक शिया समुदायका मानिसको उपस्थिति थियो । इस्लामिक अतिवादी समूह ‘आइएस’ले घटनाको जिम्मेवारी लिएको छ । (एजेन्सी)