११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


विद्रोही समूहले थापेको विद्युतीय धरापमा परी तीन पत्रकारको मृत्यु


0
Shares

काठमाडौं । विद्रोही समूहले थापेको विद्युतीय धरापमा परेर मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ ।

वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका बेला ती पत्रकार विद्रोहीको विद्युतीय धरापमा परेका हुन् ।

उनीहरुले वाग्नर विद्रोही समूहका बारेमा वृत्तचित्र निर्माण गरिरहेको बताइएको छ ।

मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा उनीहरु धरापमा परेका हुन् ।

यद्यपी कुन समूहले थालेको विद्युतीय धरापमा उनीहरु परेको भन्ने खुलेको छैन ।(एजेन्सी)