काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो । कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन्…