१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


पेरुमा भेनेजुयलाका आप्रवासी प्रवेश नियन्त्रणका लागि पहल


0
Shares

पेरु, भदौ १० । पेरुले आप्रवासी प्रवेशमा कडाइ गरेलगत्तै भेनेजुयलाली आप्रवासीले शरणका लागि आग्रह गरेका छन् ।

नयाँ नियमअनुसार कुनै पनि भेनेजुयलाली आप्रवासीले पेरु प्रवेश गर्न अब पासपोर्ट आवश्यक बनाइएको छ । यसअघि परिचयपत्र मात्रै भए पनि प्रवेश दिइन्थो ।

गत हप्ता इक्वेडरले पनि यस्तै नियम लागु गरेको थियो । तर पछि अदालतले यसलाई उल्टाइदिएको थियो ।

भेनेजुयलामा राजनीतिक र आर्थिक संकट गहिरिंदै गएपछि हजारौं मानिस छिमेकी मुलुक इक्वेडर, कोलम्बिया, ब्राजिल, पेरु लगायतका मुलुक पुग्ने गरेका छन् ।

आप्रवासीको बढ्दो आगमन रोक्न उनीहरुले सीमामा कडाई गर्न थालेका छन् । 

भेनेजुयलामा सन् २०१४ यता शुरु भएको संकटका कारण २० लाख मानिस पलायन भइसकेका छन् । (एजेन्सी)