पेरिस, कात्तिक २६ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले शान्तिका लागि एउटा संयुक्त लडाईंमा सहभागी हुन विश्व नेताहरुलाई आह्वान गरेका छन् । राजधानी पेरिसमा प्रथम विश्वयुद्ध अन्त्यको सम्झौतामा हस्ताक्षर भएको एकसय वर्ष पुगेको स्मृतिमा आयोजित समारोहमा उनले आफूभित्र रहेको डर राख्नुको साटो आशाहरू जगाउन आग्रह गरे । देशभक्ति राष्ट्रवादको ठिक विपरीत भएको उनको तर्क थियो ।…