काठमाडौं । सुडानमा विपक्षी नेता–कार्यकर्ताले देशको सैन्य परिषदले वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेको छ । विपक्षीहरुले सैन्य परिषद प्रदर्शनकारीहरुमाथि हिंसात्मक दमनमा उत्रिएको भन्दै उनीहरुलाई विश्वास गर्न नसकिने जनाएको छ । अर्धसैनिक बलले लोकतन्त्र समर्थक एक सय प्रदशर्नकारीहरुको हत्या गरेको विपक्षी कार्यकर्ताहरुले दाबी गरेका छन् । उनीहरुले राजधानी खारतुम नजिकको नाइल नदीबाट मात्र ४० शब…