एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको आँधी भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई सतर्क रहन भारत सरकारले आग्रह गरेको छ । भारतका धेरै तटीय क्षेत्रहरूमा वर्षा शुरु भइसकेको छ भने तमिलनाडुको महाबलीपुरमका समुद्रमा उच्च छालहरू आएका छन् । प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान…