२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य


0
Shares

एजेन्सी । इजिप्टले सन् २०३० सम्म करिव ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष हेशाम बद्रले राष्ट्रिय खोप रणनीतिको शुभारम्भ समारोहमा सो कुराको जानकारी दिनुभएको हो ।

खोप निर्माणमा इजिप्टको प्रतिवद्धतालाई इजिप्टियन भ्याक्सिन म्यानुफ्याक्चरर्स एलायन्सले सहयोग गर्नेछ । यो रणनीतिक पहलले स्थानीय क्षमताहरू विकास गर्ने र इजिप्टलाई खोप उत्पादनको लागि क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।