काठमाडौं, मंसिर २५ । काठमाडौंको कमलपोखरीस्थित किष्ट कलेजले शनिबार विज्ञान र प्रविधिसम्बन्धी प्रदर्शनीको आयोजना गरेको छ । करिव ६० ओटा स्टल राखेर गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले आ–आफ्नो क्षमताको प्रदर्शन गरेका थिए । उनीहरुले व्यावहारिक जीवनमा विज्ञानको महत्व र आवश्यकताबारे प्रकाश पारे । कार्यक्रममा किष्ट कलेजका कार्यकारी निर्देशक इन्द्रप्रसाद सुवेदीले सैद्धान्तिक शिक्षामा नेपाल निकै अगाडि रहे पनि…