शुक्रबार उत्तर कोरियाका संयुक्त राष्ट्रसंघ प्रतिनिधि किम इन र्योङले पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघललगायत संसारभरको कम्प्युटर प्रणाली ‘ह्याक’ गरेर आतंक मच्चाइरहेको वाना क्राइ ‘‘र्यान्समवेर’’ भाइरसको सम्बन्ध उत्तर कोरियासँग रहेको भन्ने आरोप हास्यास्पद र अनौठो भएको बताएका हुन् । रोयर्टस् समाचार संस्थाकाअनुसार गत हप्तासम्म उक्त कम्प्युटर भाइरसले १५० भन्दा बढी देशका ३ लाख कम्प्युटर ह्याक गरिसकेको…