नयाँवर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सन्चालनमा आएको हो । एकै छानामुनिबाट दर्जन बढी ब्रान्डका मोबाइल बिक्री–वितरण गर्ने लक्ष्यका साथ मोबाइल मार्ट सन्चालनमा आएको हो । यसै अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ । बुधबार एक कार्यक्रम गरी मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुआत गरिएको हो…