काठमाडौं, जेठ ६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल मंगलबारदेखि सुरू हुँदैछ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने उद्घाटन खेलमा दिउँसो १ बजे समूह ‘ए’को एफसीएस यस र सरस्वतीनगर स्पोर्ट्स क्लब भिड्दैछन् । ३८ टिमलाई १२ समूहमा विभाजन गरी प्रतियोगिता खेलाइँदैछ । एन्फाले यही जेठ २७ गतेसम्मको खेलतालिका सार्वजनिक गरेको छ ।