काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले प्रादेशिक कमिटी गठन गरेको छ । पोखरामा हिजोदेखि जारी एनओसीको बोर्ड बैठकले संघीय संरचनाअनुसार सातै प्रदेशमा संयोजक तोकेको हो । बैठकले सात प्रदेशमा ११ जना संयोजक तोकेको छ । प्रदेश दुई मा तीन जना संयोजक तोकिएको छ भने गण्डकी प्रदेश र प्रदेश ५ मा दुई–दुई जना संयोजक तोकिएको छ…