काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलको समीकरण रोमान्चक बन्दै गएको छ । नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासित बराबरी खेलेपछि समीकरण रोमान्चक बनेको हो । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकासित १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले २ अंक गुमाउन पुग्यो…