१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


एथ्लेटिक्सतर्फ नेपालका गोपीचन्द पार्कीले जिते स्वर्ण

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्सतर्फ नेपालले थप एक स्वर्णपदक जितेको छ । शुक्रबार नेपालका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्णपदक जितेका हुन् । दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्डमा पार्कीले निर्धारित् दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे । १४ मिनेट ५५.२१ सेकेन्डमा दूरी पूरा गरेका भारतका सुनिल दवार…