काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताउनुभयो । मन्त्री चौधरीले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताउनुभयो…