Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सावित्राको ह्याट्रिकले एपिएफ विजयी, विराटनगर र वालिङबीच बराबरी

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपिएफले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्रले शानदार सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपिएफलाई जित दिलाउन राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी…