काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आजबाट हरेक दिन दुई खेला हुनेछन् । आज हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसी भिड्नेछन् । विराटनगर र धनगढीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको लक्ष्यमा…