काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अधिकांश खेलाडी तथा खेलकर्मीले कोरोनाविरुद्वको खोप लगाइसकेको जनाएको छ । खेलाडी र खेलकुदकर्मीहरूलाई आफ्नो समन्वयमा खोप लगाइसकिएको राखेपले जनाएको छ । राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सयभन्दा बढी खेलाडीले खोप लगाएको परिषद्का विभागीय प्रमुख कुलबहादुर थापाले बताउनुभयो । राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने खेलाडीलाई…