काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा अर्काे विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित दर्ता गरेको हो । १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा…