२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


लिभरपुलद्वारा लेष्टर सिटी पराजित


65
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले बिहीबार राति लेष्टर सिटीलाई २–० ले हराएको हो ।

लिभरपुलका लागि दुबै गोल डिएगो योटाले गरे ।

गएराति भएको अर्को खेलमा आर्सनलले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १–० ले पराजित गरेको छ । आर्सनलको जितमा डिफेन्डर ग्याब्रियलको गोल निर्णायक बन्यो ।

यो सँगै अंक तालिकामा २४ खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । २३ खेलबाट ५१ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने ४७ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।